११ पुस २०८२, शुक्रबार | December 27, 2025

आजसम्म बाढीपहिरोमा परी १४८ को मृत्यु



काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद् परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो ।

उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चििम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको छ । साथै कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बाढीको कारण जम्मा तीन सय ८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत दुई सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी आजसम्म सात सय १५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार एक सय १२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : १८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र