२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुका परिवारलाई केन्द्र सरकारको राहत



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारका तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारका तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए ।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० शुक्लागण्डकी नगर कमिटीले रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : २१ बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी