२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अग्रमगनका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् ।

नेकपा (एमाले)मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताएका हुन् ।

“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले भने, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ३७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ