२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपालमै पहिलो प्रयोग : झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै



नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।

सङ्घीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको रु चार करोड ८० लाख लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो । तर सोलार पटक–पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो । अहिले नारायणी नदीमा झोलुङ्गे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अब अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताए ।

सोलार प्रणालीको जडानसँगै सुरु भएको उज्यालो अभियान विद्युतिकरणसहित पूरा हुने भएको हो । झोलङ्गे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पु¥याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए ।

केन्द्र प्रमुख झा का अनुसार हालसम्म छ सय मिटर तार तानिएको छ, “नेपालमा यस्तो प्रकृतिको विद्युतीकरणको काम पहिलो भएकोले हामीलाई पनि चुनौती छ” उनले भने । वारी सुस्ता र पारी सुस्ता दुवै तर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुङ्गे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एम डि राजा निर्माण सेवाले जनाएको छ । सो कार्यका लागि रु एक करोड ३० लाख लागत लाग्ने छ । सो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने बर्दघाट वितरण केन्द्रका प्रमुख झाले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : ४० बजे

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक

एसिसी प्रिमियर कप फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त