८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

विद्युत् प्राधिकरणको सञ्चालकबाट आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ ।

सञ्चालकद्वय आचार्य र पुनलाई हटाउने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आज अन्तरिम आदेश जारी गरेको हो ।

आचार्य र पुनले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

अन्तरिम आदेश जारी भएसँगै अब अन्तिम फैसला नभएसम्म आचार्य र पुन पुनः सञ्चालक पदमा काम गर्न फर्किनेछन् ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरण, नेपाल विद्युत प्राधिकरणको सञ्चालक पदमा नियुक्त देवेन्द्र कार्की र महेन्द्र बहादुर गुरुङलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राखेकै कारण आचार्य र पुनलाई मन्त्रीले प्राधिकरणको सञ्चालक समितिबाट हटाएको थियो ।

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गर्ने तर त्यसको बक्यौता नतिर्ने उद्योगको लाइन काटिएपछि त्यसलाई तत्काल जोड्न प्रधानमन्त्रीले दिएको मौखिक निर्देशनपछि बसेको बोर्ड बैठकमा आचार्य र पुनले नोट अफ डिसेन्ट लेखेका थिए ।

उनीहरुलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो भने साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएकै दिन सञ्चालक सदस्यबाट बर्खास्त गरिएको थियो । सोही दिन उर्जामन्त्री खड्काले सञ्चालक सदस्यमा पूर्व सचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्र बहादुर गुरुङलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : १९ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष