८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

बेनी-दरबाङ सडक अवरुद्ध



म्याग्दी । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् ।

बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ । यात्रु जोखिम मोलेर पहिरो पार गरी आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो । उक्त सडक खण्डको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका-६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका-२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताए । पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । करिब १८ वर्षअघि सडक खन्नु अघि नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताए । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : १७ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष