१२ बैशाख २०८३, शनिबार | April 25, 2026

रास्वपाको कार्यशालामा समूहगत छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।

पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो । रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरुका लागि काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन भने उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए । सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र विनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरी छन् ।

प्रवक्ता झाका अनुसार कोशी प्रदेशमा आज सञ्चालन गरिँदैछ । कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन् । बन्द कार्यशालाबाट विचार, सङ्गठन, अभियान, मूल्यमान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबर लिडरसिप एकेडेमीगरी छ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृतगरी केन्द्रीय समितिमा बुझाइनेछ । रास्वपा केन्द्रले विधान संशोधनको सुझाव मागेकाले त्यसबारे छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

“बन्द कार्यशालाबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ”, सहप्रवक्ता प्रतिभा रावलले भनिन्, “राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टीका कामलाई उठाउन कार्यशाला आयोजना गरेका हौँ ।”

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १० : ५१ बजे

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको