७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अवामी लिगले प्रतिक्रान्ति गर्न खोजे रक्तपात हुनेछ : गृहमामिला सल्लाहकार



ढाका। अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अवामी लिगलाई प्रतिक्रान्तिको प्रयास र अराजकता सिर्जना गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

भर्खरै विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका अन्सारका सदस्यहरुको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचार भैरहेको अवस्थामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘अव्यवस्था सिर्जना गर्ने प्रयास नगर्नुहोस्, परिणाम अनुकूल हुनेछैन,’ उनले भने । अवामी लिगलाई पार्टीको रूपमा पुनर्गठन गर्न चाहेमा कुनै समस्या नभएको उल्लेख गर्दै चेतावनी दिए।

सल्लाहकारले देशमा अवामी लिगको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरे र यसलाई पुनर्गठन गर्न स्वतन्त्र रहेको बताए तर यदि यसले प्रतिक्रान्तिको सपना देख्यो भने यसले ठूलो मात्रामा रक्तपात निम्त्याउने उनको चेतावनी थियो ।

‘हामी भाग्न सक्छौं, तर यो पुस्ता वा विद्यार्थी जनसंख्या भाग्नेछैन,’ उनले भने । सखावतले आन्दोलनका क्रममा भएका मानवीय क्षति र घाइतेको भत्र्सना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग लिइने उल्लेख गरे ।

साथै उनले लुटेका हतियार सोमबारसम्म प्रहरीलाई फिर्ता गरिसक्ने बताए । उनले अगस्त १९ पछि यस्ता हतियार फेला परेमा कडा कारबाही गरिने चेतावनी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ४० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी