२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत



ढाका। संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ  । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनर्स्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका ट्ब्यिुनले लेखेको छ ।

महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ ।

‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रीफिङमा भनेका छन् ।

‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।

आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ११ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा