७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत



ढाका। संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ  । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनर्स्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका ट्ब्यिुनले लेखेको छ ।

महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ ।

‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रीफिङमा भनेका छन् ।

‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।

आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ११ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै