२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भाद्र ४ गते विश्वासको मत लिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री आचार्यको आग्रह अनुसार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले आज प्रकाशित गरेको सूचनामा भाद्र ४ गते बस्ने चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जनाइएको छ ।

साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिनु अघि नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने पूर्व सहमति भएपनि कांग्रेस भित्रको खचिलो र साना दलहरुको सहभागीताका बारे कुरा नमिलेका कारण मन्त्रिपरिषदले पूर्णता पाएको छैन । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ०६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति