२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

राष्ट्रियसभाको बैठक सुरु



काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्ने कार्यसूची छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले ‘महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्नेछन । सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन,२०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

व्यवस्थापन कार्यतर्फ राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : ३७ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा