१२ पुस २०८२, शनिबार | December 28, 2025

सार्वजनिक सवारी साधनमा अनलाईन टिकटको ब्यवस्था गर्न यातायात ब्यवसायीलाई सरकारको निर्देशन



काठमाडौं । यात्रुबाहक सवारी साधनले बिना टिकट सवारी बोक्दा दुर्घटनाका बेला मृतकको यकिन हुन नसकेपछि सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनिवार्य टिकट काटेर मात्र यात्रु बोक्न निर्देशन गरेको छ । सरकारले त्यस्ता यात्रुबाहक टिकटलाई अनलाइनमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत यातायात ब्यवसायीहरुलाई १२ बुँदे निर्देशन दिएको हो । अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन नसकेपछि गृहले कडाई गरेको बताइएको छ ।

यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयले घटना अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदनले पनि सिमलताल घटनाको मृतकको संख्या बारे यकिन गर्न सकेको छैन । प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ३२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका