१५ पुस २०८२, मंगलबार | December 30, 2025

‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन ।

भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताए ।

‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गरेकोमा आफ्ना भारतीय समकक्षीको सराहना गरे ।

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ३ : ३१ बजे

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको