२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु



काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ३४ बजे

गुराँस हेर्न बागलुङको रायराँयकोट

बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ । गुराँसको जङ्गलबीच

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित