२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

काम सकेको एक महिनामै नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक उप्कियो



नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ निर्माण सम्पन्न भएको एक महिना नपुग्दै उप्किन थालेको छ। राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्ज रंगशालामा निर्माण गरेको सेन्थेटिक ट्रयाक निर्माण सम्पन्न भएको एक महिना नपुग्दै उप्किएको हो ।

राखेपको लगानीमा ठेकेदार कम्पनी ‘पञ्चकन्यारसाइनकोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिइएको थियो।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने भएपनि ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको जनाएको थियो । निर्माण सम्पन्न भनिएको सेन्थेटिक ट्रयाक राखेपलाई हस्तान्तरण गरि नसकेको भएपनि ठेकेदार कम्पनीले लगभग सबै रकम भुक्तानी लगिसकेको बताइएको छ ।

निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तर माथि नागरिक अगुवाहरुले प्रश्न उठाएका छन् । रङ्गशाला पुगेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले एकदमै कम गुणस्तरको सामान प्रयोग भएका काम सम्पन्न भएको एक महिना नपुग्दै उप्किएको बताए । एकजना खेलाडी नदौडिँदै र एउटा प्रतियोगिता संचालन नहुँदै ट्रयाक उप्किनु बिडम्बना भएको उनले बताए । उनले यो बिषयमा समन्धित निकायले गम्भीर ढंगबाट छानबिन समिति गठन गर्नुपर्ने बताए । गुणस्तरहिन ट्रयाक प्रयोग गरिनुका साथै ट्रयाक निर्माण गर्दा माटो फिलिङ समेत राम्रोसँग नभएको श्रेष्ठको भनाई छ ।

गुणस्तरहिन कार्य भइरहेको भन्दै निर्माण भइरहेकै अवस्थामा नै बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीप जङ्ग शाहले क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । परिषदले आफुले पनि भइरहेको कामको अनुगमन नगर्ने र जिल्ला तथा प्रदेशलाई पनि जिम्मा नदिने गरेको भन्दै उनले त्यतिबेलै विरोध जनाएका थिए । जिल्ला खेलकुद विकास समितिको विरोध पछि राखेपले जिम्मेवारी नदिएपनि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, सदस्य नरेन्द्र थापासहितको टोलिले निर्माणाधिन सेन्थेटिक ट्रयाकको अनुगमन गरेका थिए ।

प्रदेश खेलकुदले तत्कालै गुणस्तरहिन काम भएको भन्दै अनुगमन र कारवाहीका लागि राखेपलाई आग्रह गरेपनि राखेपले बेवास्ता गरेको बताएको थियो । परिषदका निवर्तमान सदस्य नरेन्द्र थापाले राखेपले जिल्ला वा प्रदेशलाई अनुगमन र निगरानीको जिम्मा नदिएका कारण गुणस्तरहिन काम भएको टिप्पणी गरे । ‘हामीले निर्माण सहित रङ्गशाला संचालनको जिम्मा दिन समेत आग्रह गरेको हो,’ उनले भने, ‘तर राखेपले सुन्दै सुनेन ।’

राखेप केन्द्रले नै सेन्थेटिक ट्रयाकको डिजाइन, स्टिमेट, ठेक्का स्वीकृत, अनुगमन लगायत सबै गरेकाले जबाफदेही पनि राखेप नै हुने थापाले बताए ।

 

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ९ : ५१ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको