२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए । यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।

‘हामीले प्रविधि, सीप र पुजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी  उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, उनले भने, ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, उद्योगमन्त्री  दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्र ढकाललगायत सहभागी कार्यक्रम दुई दिनसम्म चल्लेछ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : ०२ बजे

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक