२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा आजदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताए ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उनले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मार्क्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताए । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेलिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उनको भनाइ थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लेलिनको क्रान्तिकारी आदर्शको प्रभाव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट नेतृत्वमा पटकपटक सरकार निर्माण भएकाले जनताको आर्थिक र सामाजिक रुपान्तरणका प्रयास भइरहेको विचार व्यक्त गरे ।

यही भदौ १३ गतेसम्म लेलिनका जीवन तथा सङ्घर्षका विभिन्न आयामबारे छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  १० : २२ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही