२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ७ : ३४ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई