२२ भदौ २०८३, सोमबार | September 7, 2026

कृषिमा धेरै कायापलट गर्न सक्ने अवस्थामा छौँ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यावसायिक रुपमा कृषिमा लुम्बिनी प्रदेशले कायापलट गर्न सक्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउँदै चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिँदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताए ।

कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उनले बताए । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचकांक उकालो लागिरहेको उनले बताए । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ४ : ३७ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११