२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाल्पाबाट रानीमहल जाँदै गरेको भारतीय कार दुर्घटना, चालकको मृत्यु



बुटवल । पाल्पाको रानीमहल सडकखण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका-१ नारनडाँडास्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागी मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । प्रहरीले उक्त दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : २४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ