६ श्रावण २०८३, बुधबार | July 22, 2026

योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रिया मार्फत आएका योजनामा मात्रै बजेट : मुख्यमन्त्री आचार्य



बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटिको आयोजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट प्रक्रिया मार्फत अघि बढेका योजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले मन्त्रालय आइरहनु नपर्ने बताएका हुन् ।

उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका योजनाहरुलाइ अर्को बर्ष सम्बोधन गरिने बताए ।’योजना माग्नको लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने योजना छनोटको प्रक्रियालाई फलो गरेर अघि बढेका योजना समावेश गरिन्छ,’ उनले भने,-‘पहुँचको आधारमा हुने योजना छनोटको विधिलाई निरुत्साहित गर्न खोजेका छौं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका योजनालाइ छान्छौं ।’

लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक योजना र योजना बैंकमा समावेश योजनाहरुलाइ बार्षिक योजनको रुपमा छान्ने प्रक्रियाको थालनि गर्ने उनको भनाइ छ ।’पहुँचको भरमा योजना छान्ने तर, कार्यान्वयन गर्न खोज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन.’ उनले भने, -‘अब सरकारले आवधिक योजना र योजना बैंकमा रहेका योजनालाइ बार्षिक योजनाको रुपमा अघि बढाउछ ।’

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्वको बारेमा प्रशिक्षण दिएका मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिको चर्चा समेत गरे । सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिए । चुनाव अघि र पछिको समयमा जनप्रतिनिधि, पार्टी विचको सम्बन्धको बारेमा पनि उनले चर्चा गरे ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको स्पष्ट पार्दै उनले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने बिषय सुशासन संग जोडिएको दाबी गरे । नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको उनले जानकारी दिए । प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गरे ।

योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउदै उनले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गरे ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १२ : ११ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर