२० मंसिर २०८२, शनिबार | December 6, 2025

योजनाको निगरानी जनस्तरबाट गरौं : मुख्यमन्त्री आचार्य



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन । शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरु संग बुधवार गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सहि र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन ।

प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न आग्रह गरे । ‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागी नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’ उनले भने, ‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । काम राम्रो गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ पनि दिन्छ ।’

योजना कार्यान्वयनमा हुने भ्रष्ट्राचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको समेत मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन । स्थानीय तहमा प्रदेश सरकारले पठाउने योजनाको गुणस्तरीय कार्यान्वयन हुन नसकेका गुनासाहरु सुनिने गरेका छन् । योजना कार्यान्वयनमा कुनै गुनासा आउन नदिनेगरी काम गर्न आग्रह गरेका हुन ।

समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको बताए ।

प्रदेश सभामाबाट पास हुने चरणमा स्थानीय सेवा ऐन विधेयक रहेको भन्दै यो विधेयकले कर्मचारी तहमा काम गर्न उत्साह थप्ने विश्वास व्यक्त गरे । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिका संग जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा कानुनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गरे ।

उपप्रमुख गिताराना भाटले स्थानीय तहले अघि बढाएका प्राथमिकताका योजनाहरुमा प्रदेश सरकारले साथ दिनुपर्ने बताइन । शिक्षा, स्वास्थ्य तथा भौतिक सुधारका लागी पालिकाको बजेटले मात्रै नपुग्ने भन्दै प्रदेश सरकारको साथ चाहिने उल्लेख गरिन ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ५ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय