९ पुस २०८२, बुधबार | December 25, 2025

कोहलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु, सशस्त्र प्रहरी सहायक निरीक्षक घाइते



कोहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एक जना शसस्त्र प्रहरी जवान घाइते भएका छन् ।

शनिबार बिहान करिब ३ः३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर ( १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षिय भुपेन्द्र सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ , प्रहरीका अनुसार मोटरसाईकल चालक सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ४२ वर्षिय लालबहादुर सुनार घाइते भएकोमा सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।

दर्घटना लगत्तै घाईतेहरुलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइएकोमा उपचारको क्रममा भुपेन्द्र सुनारको मृत्यु भएको चिकित्सकले घोषणा गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए । घाईते सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुरको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  १२ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना