२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कोहलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु, सशस्त्र प्रहरी सहायक निरीक्षक घाइते



कोहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एक जना शसस्त्र प्रहरी जवान घाइते भएका छन् ।

शनिबार बिहान करिब ३ः३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर ( १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षिय भुपेन्द्र सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ , प्रहरीका अनुसार मोटरसाईकल चालक सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ४२ वर्षिय लालबहादुर सुनार घाइते भएकोमा सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।

दर्घटना लगत्तै घाईतेहरुलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइएकोमा उपचारको क्रममा भुपेन्द्र सुनारको मृत्यु भएको चिकित्सकले घोषणा गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए । घाईते सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुरको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  १२ : १७ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु