२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको साईनबोर्ड आयो, विश्वविद्यालय आएन



खजुरा । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सरकारबाट निर्णय भएको ३ वर्ष पछि खजुरामा साईनबोर्ड झुन्ड्याईएको छ । आब २०७६/२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले गरेको विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको ३ वर्ष पछि खजुरामा विश्वविद्यालयको साईनबोर्ड झुन्ड्याईएको हो ।

यस अघि १९ भदौ २०७९ मा खजुरामा विश्वविद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको थियो । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा १ सय १० बिघा जमिन लुम्बिनी प्रदेस प्राबिधिक विश्वबिद्यालयका लागि हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको भएपनि संघीय सरकारले त्यस सम्बन्धि निर्णय नगरिदिँदा विश्वबिद्यालयको भौतिक निर्माणको काम सुरु हुन सकेको छैन ।

नेपालगन्जको डिभिजन बन कार्यालय परिषर भित्र संचालनमा आएको विश्वबिद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय १ वर्ष अघि खजुरामा नै संचालन गर्ने निर्णय गरिएपनि अहिले सम्म संचालन हुन सकेको छैन । खजुरा गाउँपालिका रहेको साबिकको भवनमा विश्वबिद्यालयको केन्द्रीय कार्यालय संचालन गर्ने गरि निर्णय भएको १ वर्ष सम्म पालिकाले ठाउँ खाली नगरिदिँदा विश्वबिद्यालयको कार्यालय खजुरामा आउन नसकेको विश्वबिद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले बताए ।

पालिका आफ्नो नवनिर्मित भवनमा सर्ने र साबिकको स्थानमा विश्वबिद्यालयको कार्यालय संचालन गर्ने सहमति भएको थियो । अघिल्लो वर्षको माघबाट भवन खाली गरेर विश्वबिद्यालय सर्ने भनिएपनि गाउएपालिकाले खाली नगरिदिएपछि सार्न नसकिएको रजिष्टार भण्डारीले बताए ।

यता खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले पालिकाको भवन बनाउने ठेकेदारले भवन निर्माणको काम समयसिमामा नसकेका कारण खाली गर्न नसकिएको बताए । उनले ठेक्का खारेज गरेर पालिका आफैले काम गर्ने गरि निर्णय भएको र दशैंसम्ममा नयाँ भवनमा पालिका सारेर विश्वबिद्यालयलाई खजुरामा ल्याईने बताए । सहमति अनुसार विश्वबिद्यालयले पालिकाको हाल रहेको स्थानमा पालिकाको साईनबोर्ड निकालेर विश्वबिद्यालयको साईनबोर्ड लगाई सकेको छ । मुल गेटमा विश्वबिद्यालयको साईनबोड झण्डिएपनि त्यस स्थानमा विश्वबिद्यालयको कुनै संरचना भने भेटिँदैन ।

विश्व बिद्यालयका लागि अन्तमा ठहर भएको ९० बिगाहा जग्गाको भोगाधिकार दिन मन्त्रिपरिषदमा फायल पुग्ने चरणमा पुगेको रजिष्टार भण्डारीले जानकारी दिए । भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा शिक्षा मन्त्रालयबाट समर्थन प्राप्त गरि अर्थ मन्त्रालयको सहमतिका लागि फायल पुगेको जनाउँदै उनले अर्थको सहमति पछि क्याबिनेटबाट निर्णय भएपछि मात्र विश्वबिद्यालयले भोगाधिकार पाउने जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ५८ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान