९ चैत्र २०८२, सोमबार | March 23, 2026

पत्रकार महासंघको निर्वाचनको नयाँ मिति असोज १२ गते



काठमाडौं । पटक पटक मिति निर्धारण गर्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचनको पछिल्लो पटक नयाँ मिति सार्वजनिक भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गर्दै असोज १२ गते निर्वाचनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको जनाउँदै विज्ञप्तिमा महासंघको तर्फवाट मिति २०८१ असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ ।

‘अध्यक्ष पोखेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भए‌को मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै, महासंघको तर्फवाट मिति २०८१ असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ। मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिवारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु ।’

विज्ञप्तिमा महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्यहरू, सल्लाहकारहरु, पूर्वअध्यक्षहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूबाट सहयोग पुर्याउन आ‌ह्वान समेत गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ४ : २२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११