६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकियो



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रयोजनका लागि बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जानेभएपछि सो सम्बन्धमा निर्णय गर्न परिषदको बैठक बसेको हो । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम परिषद्‌मा पठाएको छ । वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउतको नामा सिफारिस भएको छ भने अन्य वरिष्ठ न्यायाधीशहरु नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुडालको नाम पनि सिफारिस सुहित परिषद्‌मा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमात बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी छन् । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : ४३ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर