२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सहकारीबारे संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ ।

समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ ।

समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  २ : ५४ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच