११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

रास्वपाको राष्ट्रिय भेला : सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ ।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । आज सकिने भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेका छन् ।

भेलामा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने र प्रतिनिधिहरुलाई धारणा राख्न प्रतिबन्ध लगाइएको पाइएको छ । लामिछानेले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै बिना छलफल पारित गर्ने तयारी गरिएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए ।

ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै नछुट्याइएको बताइएको छ ।

आज प्रतिवेदन पारित गरेर राष्ट्रिय भेला सकिदै छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०९ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम