११ श्रावण २०८३, सोमबार | July 28, 2026

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु



नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगन्ज अगैया हुलाकी सड्क खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल एक आपसमा ठोकिँदा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनालाई नर्सिङ्ग होम नेपालगन्जमा उपचारका लागि पठाईएको प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिए । घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।

तीन वटै घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था सिरियस रहेको प्रहरी नायव निरीक्षक वलीले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला