१२ पुस २०८२, शनिबार | December 27, 2025

संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन ।

संविधान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट देशको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको उल्लेख गरेकी छिन ।

पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्ष्यित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्याउनु आवश्यक भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि देशको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका लागि सुदृढ, सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यक भएको बताएकी छिन ।

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस मनाइरहेको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिह शुभकामना व्यक्त गरेकी छिन ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : ५० बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल

बीपीएलमा सन्दीपको टिम राजशाही वारियर्सको विजयी सुरुवात, सिलेट टाइटन्स आठ विकेटले पराजित

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) २०२४-२५ को उद्घाटन खेलमा