८ पुस २०८२, मंगलबार | December 23, 2025

अस्लेवा तराई सम्पर्क समाज गठन



बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ । गुल्मी जिल्लाको अस्लेवाबाट तराईका विभिन्न जिल्लामा आइ बसोबास गरेकाहरुको बुटवलमा सम्पन्न प्रथम भेलाले तुलसीराम पाण्डे (गोपाल) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको हो ।

यसअघि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । समितीको उपाध्यक्षमा पुरुषोत्तम पाण्डे, सचिवमा निरा गौतम (निरु), कोषाध्यक्षमा प्रेम पाण्डे चयन भएका छन । यसैगरी सदस्यहरुमा हरिहर पाण्डे, डिल्लीराज पाण्डे, रविलाल पाण्डे, वेद प्रसाद पाण्डे, विजेन्द्र श्रेष्ठ, कल्पना कुँवर र विष्णु पाण्डे रहेका छन ।

यसैगरी भेलाले ४ सदस्यीय विधान मस्यौदा समिति चयन गरेको छ । जसको संयोजकमा भिमलाल पाण्डे र सदस्यहरुमा गोपाल प्रसाद पाण्डे, वेदनिधि पाण्डे र इश्वरी प्रसाद पाण्डे रहेका छन ।

भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य चिन्तामणि पाण्डेले सबै एकजुट भएर आ आफ्नो क्षेत्रको विकासमा जुट्न आवश्यक रहेको बताए । “यो परिवार हो । हामीले राजनीतिक आस्थाका आधारमा कसैलाई विभद गर्ने छैनौ ।”, विकासमा राजनीतिक खिचा तानी जरुरी नभएको उनले बताए । “जन्मभूमि प्रति सबैको माया हुन्छ । यसरी संगठित हुँदा एक अर्काका भावना साटासाट गर्न पाइन्छ”, उनले भने । आफू पनि अस्लेवामै जन्मिएकाले त्यस क्षेत्रको विकासमा सदैव प्रतिवद्ध रहेको बताए ।

भेलाको उद्घाटन कार्यक्रममा समाजसेवीहरु भिमलाल पाण्डे, गोपाल प्रसाद पाण्डे, सन्तोष गौतम, डिल्लीराज पाण्डे, पुरुषोत्तम पाण्डे, निरा गौतम लगायतले आफ्नो जन्मभूमिसँगको सामिप्ता बढाउन र अस्लेवाको माटोमा जन्मिएर हाल तराईमा बसोबास गरेकाहरु बिच सम्बन्ध स्थापित गर्न सम्पर्क समाजले पुलको काम गर्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १२ : ५७ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक