५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँकेमा प्रदेशसभा सदस्य नमुना कोरोना मुक्त, अन्य २७ जना पनि आजै डिस्चार्ज हुँदै



नेपालगञ्ज । बाँकेमा जतिजति संक्रमितहरुको संख्या थपिँदै जान्छ त्यती त्यती संक्रमण मुक्त भएर जाने संख्या पनि बढ्दै जाने गरेको छ । बाँके जिल्लामा ७६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४९७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

बिहिबार बिहान प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसी कोरोना मुक्त भएर घर फर्केकी छिन् भने बिहिबार नै अन्य २७ जनाको डिस्चार्ज हुँदै छ । यूवा पत्रकार खगेन्द्र दाहाल सहित २७ जना संक्रमण मुक्त भएर घर फर्कने क्रममा छन् । प्रदेशसभा सदस्य नमुना बिहनै डिस्चार्ज भएको र १२ जना महिला सहितका २७ जनालाई जिल्लाका विभिन्न आईशोलेशन अस्पताल तथा अईशोलेशन सेन्टरबाट कोरोना संक्रमण मुक्त भएर घर पठाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फकेल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बिहीबार डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका छन् । यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्केका थिए ।

जिल्लामा बुधबार राती सम्म २६६ जना सक्रिय संक्रमित रहेका छन् । बाँकेमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १ : ०९ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले