२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवलका मासु पसलमा उपमहानगरपालिकाको कडा अनुगमन, ७ पसललाई जनही १० हजार जरिवाना (भिडियोसहित)



बुटवल । बुटवलमा सञ्चालित पशु बधशालाको मासु मात्र बिक्री गर्न उपमहानगरपालिकाले मासु पसलहरुलाई कडाइ गरेको छ । बुटवल उपमहानगरपालिकाले लामो समयदेखि मासुजन्य वस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको बिक्री वितरण गर्नुपर्ने निमय लागू समेत गरेको हो ।

सोही अनुसार समय समयमा सचेत गराए पनि व्यवसायीले अटेर गरेपछि उपमहानगर कारवाहीमा उत्रिएको छ । बिहीबार विभिन्न सात वटा मासु पसलको अनुगमन गर्दा आफूखुसी काटेर बिक्री गरेको पाइएपछि १०-१० हजार रुपैयाँ जरिवाना गरेको छ । पटक-पटक स्वच्छ मासु मात्रै विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गरेपछि जरिवाना गरिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जानकारी दिए ।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको बताए ।

दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु विक्री गरेको भेटिए ५० हजार जरिवाना हुनेछ । त्यसपछि पनि बधशालाको मासु विक्री नगरिए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्री वितरण गर्न र बध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ४ : ०७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको