५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन



बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरेपनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए ।

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताए ।

सडकको ट्र्याक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले जनाए । उनले वर्षा रोकिँनासाथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिए । उक्त पहिरोका कारण बलेवा, कुश्मिसेरा र बरेङ सडक महिनौँदेखि बन्द छन् ।

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उल्लेख गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ५४ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका