४ असार २०८३, बिहिबार | June 18, 2026

बुटवलको तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा करेन्ट लागेर साँढेको मृत्यु



बुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपायाले ज्यान गुमाएको छ । बुटवलको मिलनचोक तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई छ । निरन्तर वर्षा भइरहेको बुटवलमा शनिबार विहान उक्त घटना भएको छ ।

बुटवल उपमहनगरपालिकाले सडक बत्ती तथा छाडा चौपायाको सही व्यवस्थापन नहुँदा घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । छाडा चौपाया व्यवस्थापन नहुँदा बुटवलका पटक-पटक विभिन्न घटना हुने गरेका छन् । बुटवलमा छाडा चौपायाको आक्रमणबाट मानिसको समेत ज्यान जानुका साथै सडक दुर्घटनाहरु हुने गरेका छन् । चौपाया व्यवस्थापन नहुँदा गत साउन २० गते एक महिलाले ज्यान गुमाउनु परेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खले भई बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चेर ज्यान गुमाएकी थिइन् ।

घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । छाडा चौपाया व्यवस्थापनका लागि बुटवल उपमहानगरले शिवनगर जँगलमा गौशाला स्थापना गरे पनि यसको पूर्ण समाधान भने हुन सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३३ बजे

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन