३ चैत्र २०८२, मंगलबार | March 17, 2026

दुर्घटना न्युनिकरण गर्ने कार्यमा उपमहानगरपालिका सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने तयार छ : नगर प्रमुख पाण्डेय



बुटवल ।‌ सबैले आ-आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरे दुर्घटना न्युनिकरण हुने सरोकारवालाहरूले बताएका छन् । सुरक्षित यात्रा नेपालद्वारा शनिबार बुटवलमा आयोजित दुर्घटना न्युमिकरण, सुरक्षित, सहज र मर्यादित यात्राका लागि अन्तरक्रियात्मक छलफल तथा विचार विमर्श कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरा बताएका हुन् ।

‌कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अब कुरा गरेर भन्दा पनि काम गरेर देखाउने बेला आएको भन्दै दुर्घटना न्युनिकरण गर्ने कार्यमा उपमहानगरपालिका सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाए ।

‌देशकै मध्ये भागमा रहेको बुटवलको बसपार्कलाई ब्यवस्थित गर्ने कार्यमा उपमहानगरपालिका लागि परेको भन्दै हाइमास्ट लाईट, निशुल्क शौचालय, फ्रि वाइफाई, विद्युतिय सवारीसाधन चार्जिङ स्टेसन लगायतका सेवा उपलब्ध गराएको जानकारी गराए ।

‌लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक कुवेर कठायतले अन्य कारणबाट भन्दा नेपालमा सवारी दुर्घटनाका कारण धेरै मानिसको ज्यान जाने गरेको भन्दै दुर्घटना न्युनिकरणका लागि ठोस नीति बनाएर कडाइसाथ पालना गराउनुपर्नेमा जोड दिए । ‌उनले “सुरक्षित गाउँ शहर लुम्बिनी प्रदेशको रहर” भन्ने नाराका साथ ‌लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आफ्नो काम कारबाही अगाडि बढाएको बताए ।

‌सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेले छिटो गन्तव्यमा पुग्ने हतारो नै दुर्घटनाको मुख्य कारण भएको भन्दै यात्रामा हतारो गर्न नहुनेमा जोड दिए ।

बढ्दो सवारी दुर्घटनाका कारण जनधनको ठूलो क्षति हुन थालेपछि दुर्घटना न्युनिकरण गर्ने उदेश्यले १० वर्ष अघि सुरक्षित यात्रा नेपाल गठन गरिएको भन्दै अध्यक्ष बेलबासेले जनचेतनामूलक कार्यक्रमका साथै ट्राफिक नियम पालनामा पनि कडाइ गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा संस्थाका संरक्षक अर्जुन रानाभाट, सल्लाहकार लोकराज पोखरेल, पश्चिम नेपाल बस ब्यवसायी प्रा लि बुटवलका सञ्चालक तथा दुर्घटना न्युनिकरण अभियान संयोजक नारायण घिमिरे, नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक उमेश अमात्य, यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, संस्थाका उपाध्यक्ष प्रकाश गैरे, महासचिव प्रकाश कुमार नेपाल, कार्यक्रम संयोजक दीपक ढकाल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ४९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड