२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देहीको देवदहमा कोरोनाको कारण एक जनाको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

जिल्लाको देवदह नगरपालिकाका एक व्यक्तिको बुधवार कोरोना पोजेटिभ नतिजा आएको र बिहीवार मृत्यु भएको देवदह नगरपालीकाका प्रमुख हिरा केसीले बताए ।

नगरपालीकाको वडा ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिवार पुन : व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलवार स्वाब परिक्षणका लागि पठाईएको र बुधवार रिपोर्ट पोजेटिभ आएको प्रमुख केसीले जनाए ।

मृत्यु भएका व्यक्ति लामो समय देखि पक्षघात, सुगर, प्रेसरको बिरामी रहेका थिए । पहिले भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याईएका बिरामीलाई पिडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियूमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताए ।
रुपन्देहीमा आज भएको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ भने मेडिकल कलेज र मृतकका परिवारलाई सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको छ । उनीहरुको स्वाब संकलनको काम जारी रहेको केसीले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : २१ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट