२२ भदौ २०८३, सोमबार | September 7, 2026

डिसहोमले सार्वजनिक गर्यो इन्टरनेट कनेक्सनमा बोनस सहितको आकर्षक अफर



काठमाडौ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत, 200 Mbps र घण्ण् 300 Mbps का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ।

यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। हप्तामा १२ भाग्यशाली विजेताहरूले डिस होम एप्लाएन्सका सामानहरू, Itel A60s Smartphone, MiVi DuoPods T20 Earbuds, , र DishHome 4K Streamer जस्ता उपहारहरू जित्न सक्नेछन्।

यति मात्र होइन, बम्पर लक्की ड्र अन्तर्गत एक भाग्यशाली विजेताले डिस होम एप्लाएन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको छ।

डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डिस होम एप्लाएन्सका सामानहरूमा ४० प्रतिशत सम्मको छुट,MiVi DuoPods मा ५४ प्रतिशत सम्मको छुट, र FireBoltt Smart Watch मा ७० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्र मा सहभागी हुन पाउनेछन्।

डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो।

आजै आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा ०१-५९७०३६५ मा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११