२४ श्रावण २०८३, आइतबार | August 10, 2026

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्दै विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिए ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले सङ्कटका बेला पक्षविपक्ष नभनी पुनःस्थापनामा जुट्नुपर्ने बताए । “विसं २०७२ को भूकम्पका बेला पनि मैले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको थिए । यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।

त्यस अवसरमा बल्खुको जागरण टोलमा चार सय १७ घरका झण्डै चार हजारभन्दा बढी नागरिक प्रभावित भएको जानकारी दिइएको थियो ।

अध्यक्ष प्रचण्डलगायत पार्टी नेताहरूले आजै भक्तपुरको हनुमन्तेखोला तथा आसपासका क्षेत्रमा भएको क्षतिको अवलोकन गरेका थिए । “हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसकारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा पनि क्षति पुगेको छ । अब यस विषयमा पनि सरकारले काम गर्नुपर्छ”, अवलोकनपछि उनले भने ।

अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, नेताहरू हितमान शाक्य, दिलीप प्रजापतिलगायत पनि प्रभावित क्षेत्रको अवलोकनाका लागि पुगेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ३१ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता