२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी केन्द्र पदाधिकारीको बैठकमा अखिल क्रान्तिकारीको विवादबारे छलफल



काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेरको विवादले उग्ररुप लिएपछि विबादको समाधान निकाल्न भन्दै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन पार्टीको बैठक बसेको हो ।

काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक निर्णय गर्न बैठक डाकिएको माओवादी केन्द्रले जनाएको छ ।

असोज १० गतेदेखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन राखिएको भए पनि प्रस्तावित मस्यौदा विधान अनुमोदन अघि उमेरहद २८(३०(३२ लगाउने–नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

विबाद चर्कँदैजाँदा सम्मलनस्थलमा कर्सी हानाहानसम्म भएको थियो । प्रत्यक्षदर्शीका अनुसार केही अखिलका नेताहरुले सम्मेलन स्थलमा खुकुरी प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : ०६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले