५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बाँकेको खजुराबाट नाबालिका खाने चितुवा १९ दिनपछि नियन्त्रणमा



खजुरा । बाँकेको खजुरा-६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवा बालिका खाएको १९ दिन पछि नियन्त्रणमा आएको छ । स्थानीय बिरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई भाद्र ३० गते राती घरबाट लगेर खाने चितुवा घटना भएको १९ दिन पछि पासोमा परेको हो ।

बालिका मृत अवस्थामा भेछिए लगत्तै बाँके र बर्दियाका बन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए । चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिन पछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए । खजुरा गाउँपालिकाको आग्रहमा खटिएको टोलिले गयराती चितुवालाई नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए । उनले अहोरात्र खटिने बन र निकुञ्जका कर्मचारीलाई धन्यबाद दिँदै स्थानीय जनप्रतिनिधि , ईलाका प्रहरी कार्यालय, गिजरा समुदायिक बन समितिलगायतलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।

नियन्त्रणमा आएको चितुवालाई हाल बन डिभिजन कार्यालय बाँकेमा लगिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्न आग्रह गरिएको अध्यक्ष तुफानले बताए । बाँके निकुञ्ज छाड्दा पुनः गाउँमा आउन सक्ने भन्दै बर्दिया लैजान आग्रह गरिएको उनले बताए ।

सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा ३ बि गाउँ र वडा नम्बर ३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीयले बताएका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् ।

जानकारहरुका अनुसार, बाघको आफ्नो क्षेत्र (एरिया) हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ । बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ११ : १५ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा