२७ असार २०८३, शनिबार | July 11, 2026

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड



भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले पाठ सिकाएको जनाउँदै उनले भने, “ भनेर प्रकृतिले भनिरहेको छ, प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्छ ।” उहाँले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याए ।

कांग्रेस जिल्ला अध्यक्ष दुर्लथ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गरे। कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताए। रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उनले आह्वान गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ०३ बजे

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप