३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमित



कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँमापालिकामा समुदायस्तरमा शुक्रबार एकैदिन १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थप १८ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ८१ पुगेको छ । विनयी त्रिवेणीका २ वटा वडाका १३ पुरुष र ५ जना महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि १ जना स्थानीय मासु पसल गर्ने महिला र एक जना अर्का समुदायकै पुरुषमा संक्रमण देखिएपछि उनीहरुको समेत कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरी परीक्षणका लागी स्वाव पोखरा पठाइएको थियो ।

जसमध्ये १८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । प्रदेश क्षयरोग केन्द्र प्रयोगशालामा भएको परीक्षणमा विनयी त्रिवेणीको वडा नं. ६ का १० जना पुरुष र ३ जना महिला तथा वडा नं. ७ का ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ

संक्रमितहरु २४ देखिे ६२ वर्ष उमेर समुह भित्रका छन् ।यो सँगै विनयी त्रिवेणीमा मात्रै समुदायस्तरका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नै, गैंडाकोटका एक जना र कावासोतीका एक जनामा पनि संक्रमण पुष्टि भएको थियो । नवलपुरमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३ सय ३० रहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  २ : ११ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन