४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

कस्तुरी मिष्ठान्न भण्डारको तेस्रो शाखा तिलोत्तमाको योगीकुटीमा सञ्चालन



बुटवल । विगत साढे २ दशकदेखि व्यवसायीक यात्रा सुरु गरेको कस्तुरी मिष्ठान्न भण्डारले तिलोत्तमाको योगिकुटीमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । २०५५ सालमा बुटवलको ट्राफिकचोक पाल्पा रोडबाट व्यवसायिक उत्पादन सुरु गरेको कस्तुरीले राजमार्ग चौराहपछि योगिकुटीमा शाखा बिस्तार गरेको हो ।

मिठाईका ७० बढी परिकार उत्पादन गर्दै आएको कस्तुरीले ग्राहको माग र बजार बिस्तारका लागि नयाँ शाखा स्थान गरेको सञ्चालक राजु पराजुलीले बताए ।

योगीकुटी शाखामा एकै पटक ४० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको र यहाँबाट २ दर्जन बढीले प्रत्येक्ष रोजगार प्राप्त गर्ने उनले जानकारी दिए ।

मिष्ठान्न भण्डारको सोमबार औपचारिक शुभारम्भ गरिएको हो । यो शाखासहित कस्तुरीका ३ वटा शाखामा सिजन अनुसार १५० देखि २ सय जनाले रोजगार समेत प्राप्त गरिरहेको सञ्चालक प्रथम पराजुलीले जानकारी दिए ।

२० करोड बढी लगानी गरे ३ ठाउँबाट सेवा प्रदान गर्दै आएको कस्तुरीले रुपन्देहीको भैरहवा र पाल्पामा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले बताए ।

लामो व्यवसायिक पहिचानलाई कायम राख्दै गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको उनको दाबी छ । विभिन्न पार्टी, विवाह, वर्तबन्ध लगायतका कार्यहरुका साथै नेपालीहरुको चाडबाटको समयमा माग उच्च हुने गरेको बताउँदै उनले बजार थप फराकिलो हुँदै गएको उल्लेख गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ३९ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा