२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना, साढे २६ केजी मासु जफत



बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले ५० हजार जरिवाना सहित मासु जफत गरी नष्ट गरेको छ । पटक-पटक बुटवलको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी बोकालाई बध गरेर मासु विक्रि गर्न उपमहानगरपालिकाले आग्रह गरेपनि उक्त मासु पसलले अटेर गरेपछि तेस्रो चरणमा ५० हजार जरिवाना र मासु जफत गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्याकंन शाखाका अधिकृत ठगिश्वर पोख्रेलले बधशाला बाट बध नगरी घरमै बध गरेर फ्रिजमा राखेको साढे २६ केजी मासु बरामद गरी नष्ट गरेको जानाकारी दिए ।

व्यवसायीलाई पटक पटक जानाकारी दिदा समेत अटेर गरेकाले तेस्रो चरणमा ५० हजार जरिवाना गरिएको र अब फेरी पनि पसलमै खसी, बोका बध गरेको भेटिएमा पसल नै शिल गरिदिने उनको भनाई छ ।

अनुगमन टोलीले मंगलबार ३ वटा मासु पसलमा अनुगमन गर्दा २ वटा मासु पसलमा भने मासु भेटिएको थिएन । अनुगमनमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार सहितको टोली पुगेको थियो ।

पहिलो चरणमा अनुगमनमा जांदा पसलमै बध गरेका यवसायीहरुलाई उपमहानगरपालिकाको अनुगमन टोलीले १० हजार जरिवाना गरेको थियो । दोस्रो पटकमा २५ हजार जरिवाना गरेको थियो । उक्त जरिवाना व्यवसायीहरुले भने बुझाएनन् । जरिवाना बुझाउन पत्र दिएपनि अटेर गर्नुका साथै खसी, बोकाको मासु पशु बधशालामा बध नगरी घरमै गरेको भेटिएपछि अनुगमन टोलीले ५० हजार जरिवाना तेस्रो पटकमा गरेको हो ।

त्यस्तै खसीको मासु भनेर बाख्रीको मासु बेच्ने बुटवल २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले १० हजार जरिवाना बुझाइको छ । पुन बाख्रीको मासु बेचेको फेटिए पसल नै शिल गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ५७ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै