२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बाँकेमा सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन माग



नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न पत्रकार महासंघ बाँके शाखाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाउँदै महासंघको बाँके शाखाले दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको हो ।

महासंघले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन ज्ञापन पत्रमा माग गरेको छ । पत्रकारका तर्फबाट विभिन्न आस्थागत संगठनका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रिजाललाई बुझाउँदै महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माले सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन घटनाका दोषीलाई कारवाही जरुरी भएको औंल्याए ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला सचिव कमल डाँगी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, जिल्ला अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रदेश महासचिव नविन गिरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, जिनेपाल एचडीका प्रबन्ध निर्देशक आशिष गुप्ता लगायतले घटनाबारे चिन्ता व्यक्त गर्दै दोषीलाई कारवाही माग गरेका थिए ।

दुर्ब्यवहारमा परेका पत्रकार अभिषेश गुप्ताले आफुमाथि दुर्गेश साहु, विशाल गुप्ता, दिपेन्द्र यादव लगायतको समुहले हातपात गरेको भन्दै किटानी जाहेरी दिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता गुप्ता माथि बिहीबार समाचार संकलनको बिषयलाई लिएर दुर्व्यवहार भएको थियो ।

पीडितका अनुसार नेपालगन्जमा रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं(३ त्रिवेणी मोड नजिकै घर अगाडी तीन जना युवाको समूहले भिडियो किन बनाएको भन्दै गुप्तालाई हातपातको समेत प्रयास गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : २३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि