२४ माघ २०८२, शनिबार | February 8, 2026

खजुरामा १ साताको अन्तरमा दुईवटा चितुवा नियन्त्रणमा



खजुरा । बाँकेको खजुरामा १ साताको अन्तरमा २ वटा चितुवा खोरमा फसेको छ । खजुरा ६ स्थित सिमलघारीमा एक नाबालिकालाई घरबाटै तानेर चितुवाले खाएपछि थापिएको खोरमा ७ दिनको फरकमा दोस्रो चितुवा फंसेको हो ।

गत भाद्र ३० गते स्थानीय बिरेन्द्र पुनकी ढाईवर्षिया नाबलिका छोरीलाई घरबाटै लगेर खाएपछि बाँके र बर्दिया निकुञ्जको सहयोगमा ३ वटा खोर चितुवा नियन्त्रणका लागि थापिएको थियो । १८ असोजमा पनि थापिएको खोरमा बयस्क चितुवा फंसेको थियो भने ष्यराती पनि थ िअर्को चितुवा खोरमा फंसेको हो । आज खोरमा फंसेको चितुवा गत १८ गतेको भन्दा ठुलो र आक्रमक रहेको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण घर्तीले बताए ।

उनका अनुसार अघिल्लो नियन्त्रणमा आएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइृएको थियो भने आज नियन्त्रमा आएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने भएको छ ।

बालिका मृत अवस्थामा भेटिए लगत्तै बाँके र बर्दियाका बन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए । चितुवा नियन्त्रणका लागि ३ वटा आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएको थियो । खजुरा गाउँपालिकाको आग्रहमा राखिउको खोरमा १ सातामा २ वटा चितुवा नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए ।

सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा ३ बि गाउँ र वडा नम्बर ३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीयले बताएका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् ।

जानकारहरुका अनुसार, बाघको आफ्नो क्षेत्र ९एरिया० हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ । बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : १४ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको