२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दसैंको बिहानै कोहलपुरमा टाउको नभएको शव फेला



कोहलपुर । दसैँकै दिन कोहलपुरमा एक जनाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । दसैंको गयराति (शनिबार राति) कोहलपुर नगरपालिका– ८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेहको हो ।

पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको नभएको अवस्थामा फेला परेको शव स्थानीय करिब ३५/४० वर्षीय चन्द्रबहादुर कामीको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार शवको चन्द्रबहादुरका बुबाले सनाखत गरेका थिए । घरदेखि करिब पाँच सय मिटर टाढा चन्द्रबहादुरको हत्या भएको अवस्थामा शनिबार राति नै शव फेला परेको थियो ।

शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक चन्द्रबहादुरको टाउको अझै नभेटिएको बाँके प्रवक्ता डीएसपी आयुस जोशीले बताए । घटना १२ बजेअघि नै भइसकेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टपार्टम्का लागि भेरी अस्पताल नेपालगन्ज पठाएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको आधारमा प्रहरीले शंकास्पद केहीलाई सोधपुछ सुरु गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएका ब्यक्तिको बारेमा भने प्रहरीले बताउन चाहेन । शंकास्पदलाई बोलाएर सोधपुछ गर्ने क्रम जारी रहेकाले छिट्टै निश्कर्षमा पुग्ने छौं । उनले भने ।

राति नै प्रहरीले घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरको तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान थालेको थियो । हत्या गरिएका चन्द्रबहादुरको टाउकोको खोजी र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

केही दिनअघि मात्र नेपालगन्ज बसपार्क क्षेत्रमा अनुहार क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा एक २८ वर्षिय पुरुषको शव भेटिएको थियो जसको अझै सनाखत हुन सकेको छैन । दुवै घटनाको अनुसन्धान जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : ४४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ