५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना भाइरसको मारमा सैलुन व्यवसाय



काठमाडौं । जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन् । आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ ।

विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ । तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ । कपाल काट्ने एक सिपमूलक व्यवसाय हो। आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नेहरू अहिले विचल्लीमा छन् ।

परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको एक सैलुन व्यवसायीको गुनासो छ। कोभिडले सैलुन व्यवसाय धराशयी बनाएको बाराका बिहारी ठाकुरको गुनासो छ । कपनमा शिवम् नामबाट दुईवटा सैलुन पसल सञ्चालन गरेका बिहारीको चैत ११ गतेदेखि व्यवसाय पूर्ण रूपमा बन्द छ ।

व्यवसाय बन्द भएपछि उनलाई परिवार पाल्न धौधौ छ । बिहारीका दुई भाइसँगै १४ जनाको परिवार कपनमा एउटा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । यसका लागि मासिक साढे १७ हजार भाडा र दुईवटा १०/१० हजार गरी २० हजार पनि तिर्नुपर्छ । ‘पसल बन्द हुँदा कोठा र पसलको भाडा तिर्न मुश्किल भयो’, बिहारीले भने, ‘एउटा पसलको एक महिनाको भाडा छुट पाउँदा खुसी लाग्यो तर अर्को पसलको घरधनीले छुट दिनुभएन ।’

सामाखुसी हेयर स्टाइल सैलुनका सञ्चालक रामजनमलाई पनि बिहारीको जस्तै समस्या छ । रामजनमले कोठा र पसलको मासिक २२ हजार रुपैयाँ तिर्दै आएका थिए । सञ्चिती रकम सकिएकाले अब दैनिक गर्जो टार्न कठिन भएको उनले सुनाए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : २२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ