६ माघ २०८२, मंगलबार | January 20, 2026

विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन्।

गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उनले राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले विपद् प्रभावितलाई उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिए।

“अहिलेको परिस्थितिमा के गर्नु पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ”, उनले भने, “कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले दसैँ अगावै सम्पूर्ण प्रयास गरेर अवरुद्ध सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : ४२ बजे

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको